Read Best Nepali Gajal and poems

Nepali literature are unique. It includes different fields. Story, Poems and gajal are the most essential component of the Nepali literature. This time we are presenting you a self written gajal collection. It was written by young gajal kar Bijay Thapa. You can read nepali gajal poems from here.

Read nepali gajal poems

चिसो भएको थियो कुइनामा,मिचिदिएको मन पर्‍यो,
ढाड पनि दुखेकै थियो,थिचिदिएको मन पर्‍यो,
कट्दै रात,बढ्दै जाडो,कम्मल भित्रका कुराहरु
मिठा बाट,हल्का मात,अनी चलेका छुराहरु मन पर्‍यो।। -BJ

धेरै पछि प्रित भेटियो,चलेरै पुगेन

घस्थें अझै चिल्लो होला,दलेरै पुगेन

सानातिना आगाले पोल्नै पो छाडेछन्
सल्काउ भो अब ज्वालामूखी,जलेरै पुगेन !!-BJ

तिम्रो चुम्बन केही यसरी बयान गर्नेछु
कि मर्नेछु ,
कि फेरी गर्नेछु? -BJ

दुई चम्चा घ्यु,थालभरी भात
तिमी र म अनी,मनभरी बात
कि भने खाली,की छेउमा काली
जस्तो हुन्छ खाट,तेस्तै कट्छ रात।।-BJ

उनी तात्न पिउछन रे,
कोही नाच्न पिउछन रे,
आट त उनिहरुलाई अाउनै छाडेछ
साथीहरु मेरा,आट्न पिउछन रे।।-BJ

कती पटक भेटम भन्छु,भेट्नै मान्दिनन,
मनको प्यास मेटाम भन्छु,मेट्नै मान्दिनन,
यस्तै यस्तै चल्छ प्रसँग,
मखमली तन्ना रेटम भन्छु,रेट्नै मान्दिनन ।। -BJ

सँगै हिंड्ने बाटो,एक्लै हिड्दा,डर लाग्दो रहिछ,
उनिलाई पनि म माथि तेस्तै,भर लाग्दो रहिछ,
न आँखामा बिझाउछिन,स्नेह फिजाउछिन
मेरो मन,उनिलाई आफ्नै,घर लाग्दो रहिछ।। -BJ read nepali gajal poems more

उ मन हरेर गइ,
लोवी आँखा तरेर गइ,
गन्ध एस्तो छरेर गइ,
यस्तै केही गरेर गइ।।
आत्भरी आत्मा भरेर गइ,
हलचल कोठामा गरेर गइ,
रातभरी मसँग लडेर गइ,
यस्तै केही गरेर गइ।।
यस्तै केही गरेर गइ।।-BJ

जेठे-बुढो चामल,
गिलासभरि दूध,
घरमा मिठो पाक्दै होला ।
छोरो पढ्दै एउटा,
एउटा जागिर खांदै,
आमा-बुवालाई उराठ लाग्दै होला।
हो-हल्ला भान्जा-भान्जीको,
कवि यहां शून्यतामा,
बैनी दिन काट्दै होला।
दशैं हाम्रो,
सबैलाई बधाई,
स्नेहको यात्रा हांक्दै होला।–BJ read nepali gajal poems more

जे भएनि सस्तो चिज सस्तै हने रैछ,
नलाऊ नलाऊ की जस्तै हुने रैछ,
मनै नपर्ने धातुहरु पनि
महंगो लगाउन पाए मस्तै हुने रैछ।।-BJ

जिवन संघर्ष चलिरह्यो,
म बेफिकर बाचिरहें।
ऊ धोका भनि हासिरही,
म छुट्कारा सम्झि नाचिरहें।।(काल्पनिक)-BJ read nepali gajal poems more

उसले जानिन र त म उग्र भए,
उसले मानिन र त म उग्र भए,
नशा अझै चढदै गयो ,
उसले अफुतिर तनिन त म उग्र भए।। -BJ read nepali gajal poems more

कलम र कागजले लेख,हुने भए
सबै शब्दहरुले मन,छुने भए
छोइएका मनहरु सबै,रुने भए
म पनि त लेख्थे कि त
झरेका आशुले पिडा,धुने भए।। -BJ

गजबको छ साथी

समयको चाल पनि गजबको छ साथी

जिन्दगीको खाल पनि गजबको छ साथी

उता उनी बग्दै होलिन् नयनधारासँगै

यता आफ्नो हाल पनि गजबको छ साथी

अमनको ध्रुपदलाई साथ दिँदै बज्ने

बन्दुकको ताल पनि गजबको छ साथी

यौटै कोखबाट सँग-सँगै जन्मिएको

यो जुम्ल्याहा काल पनि गजबको छ साथी

न त सधैँ बाँधी राख्छ न उम्किनै दिन्छ

तिम्रो मयाजाल पनि गजबको छ साथी ।

विभोर बराल

फिर्ता देउ तिमी संग विताएका पलहरु

फिर्ता देउ तिमी संग विताएका पलहरु

कति गर्छौ रित्तिएको जीवन संग छलहरु ।।

खुसी लुटि आँशुदिई एक्लै छोडी गएपछी

भैगो अब नदेखाउ निर्धा संग बलहरु ।।

भन्छन् सबले ईश्वरले पाप धर्म देख्या हुन्छ

तिमीले नि भोग्नै पर्ला अन्यायका फलहरु ।।

मेरो मायाँ लत्याएर धनमा रम्दै हिड्ने तिमी

अन्धकारमा एक्लै पर्दा सम्झिलाग्ला गलहरु ।।

बाच तिमी मेरो पनि आयु लिएर,म मर्छु बरु
माग जे जिन्दगीमा रित्तिएर आँफै,तिमिलाई भर्छु बरु।। -BJ read nepali gajal poems more

धपक्कै बलेको रुप छ

धपक्कै बलेको रुप छ

र, पनि ऊ सधैं चुप छ

नागबेली चुल्ठी छ उनको

आँखामा निलिमा कुप छ

मोहनी लाउने अधर

दाँतमा हिमानी खुप छ

छिनेको बारुली कम्मर

बाहिर सुगन्धी सुप छ

‘इन्द्र’को भक्तिनी हुन् की

प्रतिमा अगाडि धुप छ ।

इश्कबाजीमा

नजाने छुरी बर्षन्छन हजारौ इश्कबाजीमा,

र जाने फुल बर्षन्छन अनेकौ इश्कबाजीमा,

najaane बिखका खोला बह्न्छन्,पर्छ बाढीमा,

र जाने महका चाका चुसिन्छन्,इश्कबाजीमा,

नजाने डुब्छ चुर्लुम्मै जवानी,जेलखानामा

र जाने अप्सरा खोपी छ आफ्नै इश्कबाजीमा,

नजाने ज्यान नै जाने पचासौ पर्छ धोकामा,

र जाने काखको मिठो सिरानी इश्कबाजीमा,,

नजाने हुन्छ बदनामी,कलंकी,दागि,दुनियामा, र जाने,प्राण प्यारो सबैको इश्कबाजीमा,

नजाने सम्पत्ति,जिउ बिनासी बग्छ आसुमा,

र जाने,रत्नको माला गलामा इश्कबाजीमा ?

>
Courtesy: Bijay Thapa(writer)

By: www.yeahNEPAL.com

Keep browsing to read nepali gajal poems more

About Author:

Leave A Comment

Your email address will not be published. Required fields are marked *